नवलपुरमा सक्रिय संक्रमित ८५५, विहीबार ९६ थपिए


नवलपुर । पूर्वी नवलपरासीमा कोभिड १९ का सक्रिय संक्रमितको संख्या ८ सय ५५ पुगेको छ ।




विहीबार ९६ जना नयाँ संक्रमित थपिएका छन् भने ५५ जना निको भएका छन् । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार विहीबार गैडाकोटमा १३ जना, देवचुलीमा ३५ जना, कावासोतीमा २९ जना, मध्यविन्दु ४ जना, विनयी त्रिवेणीमा १० जना र हुप्सेकोटमा ५ जना गरी ९६ जना नयाँ संक्रमित थपिएका हुन् ।

पछिल्लो समय निको हुने भन्दा नयाँ संक्रमित हुनेको दर बढ्दो रहेको छ । जसले गर्दा नवलुपरमा सक्रिय संक्रमितको संख्या बढ्दो रहेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।




नवलपुरमा सबैभन्दा बढी सक्रिय संक्रमित कावासोतीमा ३२० जना रहेका छन् भने देवचुलीमा १ सय ९०, गैडाकोटमा १ सय २८, मध्यविन्दुमा ८९, विनयी त्रिवेणीमा ५५, हुप्सेकोटमा ३०, बुलिङ्गटारमा १२ र बौदीकालीमा ६ जना रहेका छन् ।

सक्रिय संक्रमितहरु मध्ये २६ जना अस्पतालमा उपचाररत रहेका छन् भने बाँकी होम आइसोलेशनमा रहेका छन् ।
नवलपुरमा अहिलेसम्म कोभिड १९ का कारण १ सय ३७ जनाले ज्यान गुमाइसकेका छन् ।

 

 

 

 




सम्बन्धित
Loading...