कावासोतीमै पुग्यो सक्रिय संक्रमित ३४३, दुई जनाको निधन
कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका मात्रै कोभिड १९ का सक्रिय संक्रमितको संख्या ३ सय ४३ पुगेको छ ।
कावासोती नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार शुक्रबार कावासोतीमा ३२ जना नयाँ संक्रमित थपिएका छन् भने १९ जना निको भएका छन् । यो सहित नवलपुरमा सक्रिय संक्रमितको संख्या ३४३ पुगेको हो ।
सक्रिय संक्रमित मध्ये १७ जना अस्पतालमा उपचाररत रहेका छन् भने बाँकी होम आइसोलेशनमा रहेका छन् ।
दुई जनाको निधन
पछिल्लो २४ घण्टामा कावासोतीमा थप २ जना संक्रमितको निधन भएको छ ।
कावासोती १ निवासी ४० बर्षीय पुरुष र ४५ बर्षीय पुरुषको निधन भएको कावासोती नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
यो सहित कावासोतीमा कोभिड १९ का कारण ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ ।
