कावासोतीमा ८६ बर्षिय बृद्घको कोरोना संक्रमणबाट मृत्यु
नवलपरासी (बर्दघाट सुस्ता पुर्व)मा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
कावासोती १६ बस्ने ८६ बर्षिय बृद्घको कोरोना संक्रमणबाट मृत्यु भएको हो ा ति बृद्धलाई गत असार २९ गते निमोनिया सम्बन्धी बिरामी भई उपचारको लागी मध्यबिन्दु जिल्ला अस्पताल डण्डाको आईसियुमा भर्ना भएको र कोरोना परिक्षण गर्दा पोजेटिभ देखिको हो ा र उनको उपचारको क्रममा साउन १६ गते ं ६ बजेर ३० मिनेटमा मृत्यु भएको जनाइएको छ । शव व्यवस्थापनको लागी मृतकको आफन्तिले बुझिसकेका छन् ।