नवलपुरमा नगदसहित ४ जना जुवाडेलाई नियन्त्रणमा


जिल्ला प्रहरी कार्यालय नवलपुरले नगद सोह्र हजार छ सय पाँच रुपैया सहित ४ जना जुवाडेलाई  नियन्त्रणमा लिएको छ ा



शनिवार दिउसो कावासोती न.पा.–५ बस्ने पुर्ण बहादुर रावलको कुखुराको खोरमा जुवातास खेलिरहेको बेला एक बुक तास सहित कावासोती न.पा.–५ बस्ने वर्ष ६० को पुर्ण बहादुर रावल, सोहि ठाउं बस्ने वर्ष ४० को मित्र प्रसाद भुषाल, सोहि ठउं बस्ने वर्ष ३६ को अर्जुन खड्का । सोहि ठउं  बस्ने वर्ष ४२ को मोहन अधिकारीलाई नियन्त्रणमा लिएको हो ा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ  ।

 



सम्बन्धित
Loading...