पश्चिम नवलपरासिमा किशोर किशोरीहरुलाई जिवनवृति योजना सम्बन्धी परामर्श कार्यक्रम सम्पन्न,


महेश यादव, १८



स्ट्रोम फाउन्डेसन नेपालको सहयोग तथा एविसि नेपालको आयोजनामा जिल्लाको पाल्हिनन्दन, सरावल र सुस्ता गाउँपालिकाका किशोर किशोरीहरुलाई जिवनवृति योजना सम्बन्धि परामर्श कार्यक्रम अाज सम्पन्न भएको हो ।

एविसि नेपालका क्षेत्रिय प्रमुख मनोज लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै अध्यक्ष लामिछानेले किशोर किशोरीहरूको हक हितका लागी तथा उनिहरूको लक्ष्य पूरा गर्र्ने लगाएतका कुराहरुलाई ध्यानमा राख्दै यस कार्यक्रमको आयोजना गरिएको उनिहरुलाई लक्ष्य तर्फ अगाडी बढाउन एबिसि नेपाल र आफुले पनि सक्दो सहयोग गर्ने बताउनुभएको थियो ।




सो अवसरमा कार्यक्रममा प्रशिक्षण दिदै लक्ष्मी ज्ञवालीले लक्ष्य बिनाको मानिस बादर सरह रहेको बताउदै लक्ष्य प्राप्त गर्न त्यो अनुसारको वातावरण मिलाउनुपर्ने र परिवारले पनि साथ दिन आवश्यक रहेको बताउनुभएको थियो । कार्यक्रममा एविसि नेपालकी भोलेन्टियर मनिता ढकाल, पत्रकार महेश यादव लगाएतका वक्ताहरुले मानिस एक चोटी बाटो बिराएपछी पुन लक्ष्य प्राप्त गर्न धेरै समस्या हुने भएको हुदा आफुले लिएको लक्ष्यलाई नै निसाना बनाई त्यसतर्फ अग्रसर हुन जरुरी रहेको कुरामाथि जोड दिएका थिए ।

यस कार्यक्रममा एविसि नेपालका सुपरभाइजर राजमन बरई, राजेश आर्या, विष्नु परियार, संजित शर्मा, कृति थापा, उमेश देवकोटा, भोलेन्टियर जानकि गौड, दुर्गा विक लगाएतको उपस्थिती रहेको थियो । अहिले सम्म करिब  १४ सय बढी किशोर किशोरीहरुलाई जिवनवृति योजना सम्बन्धी परामर्श दिइएको आयोजकले जनाएको छ ।

 



सम्बन्धित
Loading...