यथास्थितिमै थपियो नवलपुरमा निषेधाज्ञा, ३२ गतेसम्म थप


नवलपुर । पूर्वी नवलपरासीमा पूर्ववत अवस्थाकै अवस्थामा साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।



सोमबार जिल्ला प्रशासन कार्यालय नवलपुरमा बसेको विपद व्यवस्थापन समितिको वैठकले निषेधाज्ञा ३२ सम्म थप गर्ने निर्णय गरेको हो ।

नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले यस पटकको निषेधाज्ञामा अनुगमन र निगरानीलाई बढाइने बताइन । नवलपुरमा निषेधाज्ञा खुकुलो पारेसँगै संक्रमितको संख्या ह्वात्तै बढेको छ जसले गर्दा एकातिर प्रशासनलाई निषेधाज्ञा कडा बनाउन दबाब परेको छ भने अर्कोतर्फ व्यापारी, शिक्षक, विद्यार्थीहरुले थप खुकुलो बनाउनु पर्ने दबाब दिएको छ ।




४ सयको हाराहारीमा सक्रिय संक्रमित रहेको बेला निषेधाज्ञा खुकुलो पारिएको भए पनि अहिले नवलपुरमा सक्रिय संक्रमितको संख्या हजारको नजिक पुगेको छ ।



सम्बन्धित
Loading...