प्रचण्ड र माधव नेपालबीच भेट, सरकारमा सहभागी हुने विषयमा छलफल


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। आज विहान भएको भेटवार्तामा नेपाल पक्ष सरकारमा सहभागी हुने विषयमा छलफल भएको बताइएको छ।




स्रोतका अनुसार कोटेश्वरमा भएको भेटमा प्रचण्डले नेता नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए। भेटमा नेपाल सरकारमा सहभागी हुने विषयमा सकारात्मक देखिएका थिए। आफू निकट नेताहरुसँगको थप छलफल पछि सरकारमा सहभागी हुने विषयमा निर्णय लिने बताएका थिए।




न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेसँगै मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा प्रधानमन्त्री शेरबहादुर देउवा छन्। गठबन्धनका दलहरुलाई सरकारमा सहभागी गराएर मन्त्रिपरिषद विस्तार गर्ने तयारी अनुसार नेता नेपालसँग पनि छलफल जारी छ।




सम्बन्धित
Loading...