दोस्रो डोजको भेरोसेल साउन २२ गतेदेखि देशैभर


सरकारले कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज दिने अभियान साउन २२ गतेदेखि देशैभर सन्चालन गर्ने भएको छ ।




असार २९ गतेदेखि ५५ वर्ष वा सो भन्दा माथिका व्यक्तिहरुलाई भेरोसेलको पहिलो डोज दिइएको थियो । पहिलो डोज लिएको २१ दिनभित्र दोस्रो डोज दिनुपर्छ ।




स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार साउन २२ गतेदेखि दोस्रो डोज लगाउने अभियान सुरु हुने भएकाले सोही अनुसार अभियान सन्चालन गर्न मन्त्रालयले ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई अनुरोध गरेको छ ।

हालसम्म खोप लगाउन बाँकी रहेका व्यक्तिहरुले स्वास्थ्य मन्त्रालयको वेभसाइटमा गएर अनिवार्य आफ्नो विवरण इन्ट्री गर्नुपर्ने छ । सोको आधारमा मात्र लक्षित समूहभित्रका व्यक्तिलाई खोप दिने व्यवस्था गर्न मन्त्रालयले भनेको छ ।

यसैगरी विदेश जाने नेपाली नागरिकलाई क्यूआर कोडसहितको कोरोना खोप लगाएको विद्युतीय प्रमाणपत्र उपलब्ध गराउने काम कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रबाट साउन २० गतेदेखि सुरु गरिएको छ ।

यो काम काठमाडौं उपत्यकालगायत अन्य जिल्लाहरुमा पनि विस्तार गर्दै जाने र खोपको मात्र पूरा गरेका सबै व्यक्तिहरुलाई क्रमशः क्यूआर कोडसहितको विद्युतीय प्रमाणपत्र दिइने मन्त्रालयले जनाएको छ ।




सम्बन्धित
Loading...