नवलपुरमा मृत गैंडा फेला


नवलपुर,साउन २० 



 

नवलपुरमा मृत गैंडा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा पर्ने कावासोती(७ मा रहेको नमूना मध्यवर्ती सामुदायिक वनमा  पोथी गैंडा मृत फेला परेको हो ।




सामुदायिक वनको पश्चिम तर्फको गेटमा गैंडा मृत देखे पछि वन हेरालुले निकुन्ज प्रसासनमा खबर गरेका थिए ।  मृत अवस्थामा फेला परेको गैंडाको खाग र खुर सुरक्षित रहेको छ ।

गैंडा रोगी र कम्जोर  रहेको र वनमा लगाईएको झटका दिने  करेन्टमा परी  लडेर मरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको चितवन राष्ट्रिय निकुञ्जका चिकित्सक डा विजयकुमार श्रेष्ठले बताए ।

यो सँगै चालू आ।व ०७८र७९ मा मर्ने गैंडाको संख्या ४ पुगेको हो ।

 


सम्बन्धित
Loading...