गजल
- नानी बिवु –
मन पर्न छोडीसक्यो आज भोलि अखबार ,
बन्द गर्नुस् आमा भो नसुनाउनुस् समाचार ।।
दिनहुँ कति सुन्ने यो लाजमर्दो राजनिति अनि,
अपहरण, बलत्कार, हत्या, अपराधि फरार ।
न त पिता भ्राता न त देवर ससुरासँगै नै ढुक्क,
भएनन् छोरी बुहारी सुरक्षित ननाघ्दा पनि घरको संघार ।
छन त राष्टप्रमुख नारी नै छन् देशमा तर,
नारीलाई न्याय दिने कानुन किन बनेन सरकार ?
कहिलेसम्म हो हजुर यसरी दोषी विजयी
अनि, आजित भएर स्वीकार्नु पर्ने पिडीतले नै हार ?
- दुराडाँडा लमजुङ हाल गैंडाकोट नवलपुर ।
