देवचुलीको विशेष नगरसभा , भुमिकर र कर्मचारी बढुवा विधेयक सर्वसम्मत पारित
पुर्वी नवलपरार्सीको देवचुली नगरपालिकाले विशेष सभा मार्फत दुई विद्येयक सर्वसम्मत पारित गरेको छ । आज भएको विशेष नगरसभाले आर्थिक वर्ष २०७८र०७९ को सम्पतिकर र मालपोत तथा भुमिकर सम्बन्धि राजस्वको दररेट संशोधन तथा स्थानीय निकायमा कर्मचारीहरुको बढुवा सम्बन्धि विधेयक पारित गरेको छ । देवचुली नगरपालिका उप प्रमुख पार्वता तिवारीद्वारा प्रस्तुत दररेटलाई कार्यपालिका सदस्यबीच छ्लफल गरि पारित गरिएको हो ।

आर्थिक वर्ष २०७८र७९को लागि देवचुली नगरपालिकाले जग्गाको मूल्यांकनको थैली रकम मालपोत कार्यालयले तोके अनुसार कायम गर्ने भएको छ । मालपोत कार्यालय कावासोतीको रजिष्ट्रेशन कायम गरेको भन्दा देवचुली नगरपालिकाको मूल्यांकन रकम अन्य स्थानीय तहभन्दा बढी देखिन आएको जनप्रतिनिधि लगायत स्थानीय नगरबासीहरुसमेतबाट गुनासो आएकोले नगरसभाबाट सो सम्बोधन गर्नका लागि विशेष नगरसभा गरिएको देवचुली नगरपालिकाका नगर प्रमुख पुर्णकुमार श्रेष्ठले बताए ।

विशेष नगरसभाले नगरपालिकामा साविक बमोजिम तिरी आए बमोजिमको कर , तिरो,दस्तुर कायम गर्न र नयाँ करदाताको हकमा मालपोत कार्यालयबाट कायम दररेटलाई आधार मानी सम्बन्धित स्थानको मूल्यांकन अनुसारको रकम कायम गरि सम्पति कर, मालपोत तथा भुमिकर सम्बन्धि राजस्वको दररेट सर्वसम्मत पारित गरेको छ । विशेष नगरसभामा विधेयक विधायन समितिका संयोजक दिनानाथ भुसालद्धारा प्रस्तुत स्थानीय निकायमा कर्मचारीहरुको बढुवा सम्बन्धि विधेयक समेत पारित भएको छ । स्थानीय निकायका कर्मचारीहरुको बढुवाका लागि दरबन्दी स्वीकृत गरि साविक पदाधिकार रहेको पदलाई नै स्वतस् एक तह माथिल्लो पद कायम गर्ने गरि पाँचौं देखि सातौं तहका ७ पदहरुको दरबन्दी स्वीकृत भएको विधेयक सर्वसम्मत पारित भएको हो । पारित विद्येयकलाई नगर प्रमुख पुर्ण कुमार श्रेष्ठले प्रमाणिकरण गरी स्थानीय राजपत्रमा प्रकाशित गरेपछि लागु हुनेछ ।