चितवनका अस्पतालमा २५२ संक्रमितको उपचार, एक जनाको मृत्यु


चितवनका अस्पतालमा बिहीबार  २५२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।



स्वास्थ्य कार्यालय चितवनको तथ्यांकअनुसार अस्पतालमा उपचाररत संक्रमितमध्ये २१ जना भेन्टिलेटर सहित ८७ जना आइसियू,५३ जना एचडियूमा उपचाररत छन् भने ११२ जना जनरल वार्डमा उपचाररत रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

३६ जना डिस्चार्ज : चितवनका अस्पतालबाट बिहीबार ३६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । भरतपुर अस्पतालबाट १६ जना, चितवन मेडिकल कलेजबाट ८ जना, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालबाट ९ जना,विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट १ जना गरी ३६ जना डिस्चार्ज भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।




एक जनाको मृत्यु : पछिल्लो २४ घण्टामा चितवनमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत गोरखाका एक  संक्रमितको मृत्यु भएको हो ।



सम्बन्धित
Loading...