बुटवल मैनाबगरबाट लागूऔषध कारोबारमा संलग्न ३ जना पक्राउ


बुटवल- लागुऔषधको कारोवार गर्ने गिरोहलाई प्रहरीले बुटवलको मैनाबगरबाट पक्राउ गरेको छ । मैनाबगरमा लागुऔषध कारोबार भइरहेको अवस्थामा इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।



पक्राउ पर्नेमा मैनाबगर बस्ने ४५ वर्षीया सानुदेवी पुन, नवलपरासी सरवाल गाउँपालिका–४ बस्ने ३४ वर्षीया सुभादेवी हरिजन र रुपन्देहीको शिद्धार्थनगर ३ बस्ने ४२ वर्षिय प्रकाश वानिया रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।




प्रहरीले उनीहरुको साथबाट फेनरागन ४५७ एम्पुल, नुर्फिन ४६२ एम्पुल, सेरीजेट ४७६ एम्पुल, नाइट्रोसन ६७५ चक्की र नाइट्रोभ्याट ७० चक्की बरामद गरेको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिए ।

प्रहरीले लु ६१ प ८९६८ नम्बरको यमाहा मोटरसाईकल र मोवाईल सेटहरु थान ४ समेत नियन्त्रणमा लिएको छ ।



सम्बन्धित
Loading...