शुल्कमा छुट माग्द आन्दोलनरत विद्यार्थीहरूमाथि प्रहरीको बल प्रयोग


ललितपुरको हिमालय कलेज अफ इन्जिनियरिङ कलेजमा आन्दोलनरत विद्यार्थीहरूमाथि प्रहरीले लाठी प्रहार गर्दै बल प्रयोग गरेको छ ।



मंगलबार कलेज शुल्क कम गर्न माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले लाठी प्रहार गरेको हो । 



महामारीका कारण अनलाइन कक्षा सञ्चालन भएका कारण क्याम्पस शुल्कमा छुट माग्दै विद्यार्थीहरुले ६ दिनदेखि आन्दोलन गर्दै आएका छन् ।

उनीहरुले गत १७ गते व्यवस्थापनलाई ३ बुँदे मागपत्र समेत बुझाएका थिए।

आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि महानगरीय प्रहरी परिसर ललितपुर अन्तरगत बालकुमारी र मंगलबजारबाट खटिएको प्रहरीले लाठी प्रहार गर्दै बल प्रयोग गरेको आन्दोलनरत विद्यार्थी विवेक ज्ञवालीले बताए ।



सम्बन्धित
Loading...