किरण जगमेर भए ‘द भ्वाइस अफ नेपाल’




‘द भ्वाइस अफ नेपाल ३’ काे उपाधि किरण गजमेरले जितेका छन्। उपाधिसँगै उनले नगद २५ लाख रुपैयाँ समेत प्राप्त गरेका छन्। किरण टीम प्रमोदबाट फाइनलमा प्रवेश गरेका थिए ।

यसैगरी टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जीलिङका आर्यन तामाङ र टीम तृष्णाबाट ज्वाला उत्कृष्ठ तीन भएका छन् । यी तीनैजनाले द भ्वाइसकाे ट्रफी पाएका छन् ।  दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो ।




एसएमएस र अनलाइन मार्फत विश्वभर रहेका नेपालीहरुले उनीहरुलाई भोट गरेका थिए । शनिवारको एपिसोडमा यी चारै जना प्रतिभाहरुले आफ्ना प्रस्तुतिहरु दिएका थिए ।



सम्बन्धित
Loading...