जनजाति दिवसको दिन मध्यविन्दु नगरपालिकामा सार्वजनिक विदा
नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाले साउन २५ गते सोमबार परेको विश्व आदिवासी जनजाति दिवसको अवसरमा सार्वजनिक विदा दिएको छ ।
मध्यविन्दु नगरपालिकाले आइतबार सूचना जारी गर्दै नगरपालिकाको कार्यपालिकाको वैठकबाट पारित निर्णय अनुसार साउन २५ गते परेको विश्व जनजाति दिवसको अवसरमा नगरपालिका भित्र सार्वजनिक विदा दिएको जनाएको छ ।
https://www.youtube.com/watch?v=wp94g_fMWV4
