मध्यविन्दु नगरपालिकामा दोस्रो चरणको भेरोसेल खोप लगाइने


रोशनी बानियां, नवलपुर ।



नवलपुरको मध्यविन्दु नगरपालिकामा दोस्रो चरणको भेरोसेल खोप लगाइने भएको छ ।


स्वास्थ्य कार्यलय नवलपुरको प्राप्त पत्र अनुसार दोस्रो चरणको भेरोसेल खोप लगाइने छ । पहलो चरणको खोप असार ३१ देखि साउन ८ गते सम्म लगाएका नागरीकलाई दोस्रो चरणको खोप भदौ १ र २ गते लगाइने छ । यसैगरी साउन ८ गते पछि लगाउने नागरीकलाई भदौ १० र ११ गते लगाइने छ । पहिलो चरणको खोप लगाएको स्वास्थ्य संस्थामागई दोस्रो चरणको खोप लगाउने भनिएको छ ।




चोरमारा प्राथमिक स्वस्थ्य केन्द्र, नवलपुर स्वास्थ्य चौकी,नारायणी स्वास्थ्य चौकी,नयांबेलहानी स्वास्थ्य चौकी, प्रसौनी स्वास्थ्य चौकी, मैनाघाट स्वास्थ्य चौकी, राकाचुली स्वास्थ्य चौकी,मा खोप लगाइने भएकोे छ ।



सम्बन्धित
Loading...