समस्याको मुख्य जडनै गणतन्त्र, संघीयता र धर्मनिरपेक्ष होः कमल थापा
नवलपरासी, २४ साउन । राप्रपाका अध्यक्ष कमल थापाले अहिलेको मुख्य समस्याको जडनै गणतन्त्र, संघीयता र धर्म निरपेक्ष भएको बताएका छन् ।
आइतबार कावासोतीमा राप्रपाका कार्यकर्ता बलराम थापाको ९ औं दिनको स्मृतिमा आयोजित शोक सभामा आएका थापाले शोक सभा पछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै यस्तो बताएका हुन् ।
उनले भने – वैदेशिक हस्तक्षेप बढ्दो छ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता नेपाली जनताको चाहाना थिएन, विदेशीले जबरजस्ती थोपारिदिएको हो । त्यसैले यो विषय सबै मिलेर हल गर्नु पर्दछ ।
त्यसैगरी उनले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिको सरकारी आव्हान गरेपनि आफ्नो पार्टी सरकारमा नजाने बताए । उनले भने – अहिले संसदमा देखिएको अस्थिरता रोक्नका लागि चाडो भन्दा चाडो चुनावमा जानुको विकल्प छैन ।
कावासोती निवासी थापाको कोरोना संक्रमणका कारण निधन भएको थियो । शोक सभामा राप्रपाका केन्द्रिय तथा जिल्ला स्तरको नेताहरुले थापाको योगदानको चर्चा गरेका थिए ।
https://www.youtube.com/watch?v=wp94g_fMWV4
