जीवित भैंसे गोहोरोसहित तीन पक्राउ


संरक्षित वन्यजन्तु जीवित भैंसे गोहोरोसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।


केन्द्रीय अनुसन्धान ब्युरोले तीन जनालाई आइतबार ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर १ इमाडोलबाट पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।




धादिङ थाक्रे गाउँपालिका वडा नम्बर ५ नौबिसे दामिचौरका ४१ वर्षीय पञ्चराम तामाङ, दोलखा मेलुङ गाउँपालिका वडा नम्बर ३ भैंसेका १९ वर्षीय सुरेश विक र तामाकोसी गाउँपालिका वडा नम्बर ५ गोगनटारका २३ वर्षीय सुमन विक पक्राउ परेका हुन्।

उनीहरूबाट प्रहरीले जीवित भैंसे गोहोरो बरामद गरेको छ।

वन्यजन्तुको अवैध रूपमा ओसारपसार तथा बेचबिखन भइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। सोही सूचनाको आधारमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

 

थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय,गोदावरीमा बुझाइएको छ।

उनीहरूमाथि राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ विरूद्धको अपराध अनुसार अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।



सम्बन्धित
Loading...