ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षकको निधन




नवलपरासी । ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक कपिल वाग्लेको निधन भएको छ ।

वाग्लेको दुर्घटनामा परी गएराति निधन भएको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ । वाग्लेलाई ईलाका प्रहरी कार्यालय बर्दघाट चौकीदेखि करिव २ सय मिटर पूर्व राजमार्गमा पैदल हिड्दै गर्दा सोमबार राति ८ बजेतिर लु १४ प ८७५८ नम्बरको मोटरसाईकलले ठक्कर दिएको थियो ।




दुर्घटनामा परी गम्भीर घाइते वाग्लेको गएराति १२ बजेतिरको समयमा उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा निधन भएको थियो ।
ठक्कर दिने मोटरसाइकल चालक सुनवल १ निवासी दिपेन्द्र पुन मगर पनि घाइते भएको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ । ठक्कर दिने मोटरसाइकल र चालक प्रहरी नियन्त्रणमा रहेको छ ।

केही दिन अघि भारतबाट भन्सार छलि चितवन ल्याइदै गरेको ८७ लाख बराबरको मोबाइल सामग्री बर्दघाट क्षेत्र कटेर नवलपुरमा प्रहरीले नियन्त्रणमा लिएपछि उनी मानसिक तनावमा रहेका थिए ।

तनहुँको म्याग्दे गाउँपालिका ४ घर भएका ४३ वर्षीय कपिल वाग्लेको गएराति रुपन्देहीको भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय बर्दघाटमा दरबन्दी भएका वाग्ले हाल निलम्बनमा परेका थिए ।

https://www.youtube.com/watch?v=wp94g_fMWV4&list=UUdVEllX6-3RtSujuMJI-nBQ&index=2



सम्बन्धित
Loading...