बढ्यो सुनको मूल्य


मंगलबार सुनको मूल्य दुई सयले बढेर ८९ हजार दुईसयमा कायम छ। अघिल्लो दिन सुन ८९ हजारमा कारोबार भएको थियो।



आज चाँदीको मूल्य १० रुपैयाँले घटेर १२ सय पाँच रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार चाँदी १२ सय १५ रुपैयाँ तोलामा कारोबार भएको थियो।




अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।



सम्बन्धित
Loading...