दाउन्नेमा अवैध कपडा बरामद


पुर्वी नवलपरासीको विनयी त्रिबेणी गाँउपालिका २ दाउन्ने बजारमा प्रहरीले अवैध कपडा बरामद गरेको छ । पश्चिम बाट पूर्व तर्फ आउदै गरेको लु१ज ३२०८ नम्बरको विङगर गाडीमा अबैध रुपमा ल्याएको कपडाहरु बरामद गरी अनुसन्धान अगाडि बढाएको ईलाका प्रहरी कार्यालय दुम्किबास जनाएको छ ।




दाउन्नेबाट प्रहरीले तन्ना २३ थान, सुती साडी ४३ पिस, लुङगी ३५ पिस, सल ५३ पिस, कुर्था सुरुबाल ५२ पिस, नेता जी गम्छा ७० पिस, चुन्नी ६२ पिस, सिल्की साडी ११ थान, धोती पट्टा २६ पिस, दोसल्ला १० पिस बरामद गरेको छ ।

त्यसैगरी लुङगी थान कपडा ४० मिटर, मखमल;– ४ साडी, कुर्थी ५ पिस, साडी बलाउज ११ सेट, थान कपडा ३७८ मिटर, कुर्था कपडा;– ४६८ मिटर, भेल्बेट कपडा १०० मिटर, धजा कपडा २७९ मिटर, व्लाउज कपडा १६ मिटर, सर्ट कपडा ४२ मिटर र साडी कपडा ३० मिटर बरामद गरेको छ ।



सम्बन्धित
Loading...