परासीमा लागुऔषध सहित २ जना पक्राउ
परासी । पश्चिम नवलपरासी प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक राजु लामाका अनुसार विशेष सूचनाको आधारमा प्रहरीले पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ३ संगमटोलबाट दुई जनालाई लागुऔषध सहित पक्राउ गरेको हो ।
प्रहरीले चेकजाँचको क्रममा लु १३ प ८२ नम्बरको स्कुटी सहिट रामग्राम १ बस्ने सिकारी हरिजन र सम्भुप्रसाद चमारलाई लागुऔषध सहित पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट २÷२ एमएलका नुफिन ६० एम्पुल, फेनारगन ६० एम्पुल र डाीजोपाम ६० एम्पुल बरामद गरेको जनाएको छ ।
