लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केसीद्वारा सपथ ग्रहण




लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

आज विहीबार प्रदेश प्रमुख कार्यालयमा आयोजना गरिएको सपथ ग्रहण कार्यक्रममा संविधानको धारा १७२ अनुरुप प्रदेश प्रमुख अमिक शेरचनबाट मुख्यमन्त्री केसीले सपथ ग्रहण गरेका हुन् । केसीले आजैदेखि कार्यभार पनि सम्हालेका छन् ।




यसअघि बिहीबार दिउँसो तीन बजे प्रदेश प्रमुख शेरचनले केसीलाई संविधानको धारा १६८(२) अनुसार ४ दलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । संविधानको यस धारा अनुसार दुई वा दुईभन्दा धेरै दलको समर्थनमा नियुक्त भएका मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनु पर्छ । केसीले ४१ सांसद रहेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले केसीको नेतृत्वमा नयाँ सरकारका लागि दाबी पेश गरेका थिए ।

लुम्बिनीका नवनियुक्त ६ जना मन्त्रीले लिए सपथ

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीको नेतृत्वमा सरकार सहभागि भएका मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

नेकपा माओवादी, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी(जसपा) र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धनका तर्फबाट सरकारमा सहभागी भएका ६ जना मन्त्रीहरुले प्रदेश प्रमुख अमिक शेरचनबाट सपथ ग्रहण गरेका हुन् ।

मुख्यमन्त्रीसहित सात सदस्यीय मन्त्रिपरिषदमा ग्रामीण तथा शहरी विकास मन्त्रीका रुपमा डिल्ली चौधरी, आर्थिक मामिला तथा योजना मन्त्रीका रुपमा कृष्णध्वज खड्का र भौतिक पूर्वाधार विकास मन्त्रीका रुपमा सहसराम यादवले सपथ लिएका छन् । यस्तै अजय शाही, सुमन शर्मा रायमाझी र पुर्मती ढेंगाले विनाविभागीय मन्त्रीका रुपमा सपथ लिएका छन् । विभागीय मन्त्रीहरुले आजैदेखि कार्यभार सम्हाल्ने बताइएको छ ।

कांग्रेसका चौधरी र माओवादीका कृष्णध्वज खड्का र जनता समाजवादी पार्टीका सहषराम यादव मन्त्री बनेका हुन्। त्यस्तै, जनता समाजवादीका पुर्मती ढेगा र सुमन शर्मा रायमाझी पनि मन्त्री बनेका छन्। स्वतन्त्र सांसद अजय शाही पनि मन्त्रीको शपथ लिएका छन्।

यसअघि सोही कार्यक्रममा मुख्यमन्त्री केसीले सपथ ग्रहण गर्दै कार्यभार सम्हालेका छन् ।  संविधानको धारा १६८(२) अनुसार ४ दलीय गठबन्धनको समर्थनमा प्रदेश प्रमुख शेरचनले केसीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

संविधानको यस धारा अनुसार दुई वा दुईभन्दा धेरै दलको समर्थनमा नियुक्त भएका मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनु पर्छ । केसीले ४१ सांसद रहेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले केसीको नेतृत्वमा नयाँ सरकारका लागि दाबी पेश गरेका थिए ।



सम्बन्धित
Loading...