मुलुकका ५७ जिल्लामा निषेध आदेश जारी
कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणको लागि हाल मुलुकका बिभिन्न ५७ जिल्लामा निषेध आदेश जारी भएको गृह मन्त्रालयले जनाएको छ।

काठमाडौं, ललितपुर तथा भक्तपुरमा मा भाद्र ८ गते सम्म निषेध आदेश जारी गरिएको छ। यसैगरी सुर्खेत, कैलाली, कन्चनपु,र पाल्पा, चितवन, रुपन्देही, डडेल्धुरा, झापा, मोरङ, गुल्मी, गोरखा, उदयपुर, मकवानपुर, स्याङ्जा, रामेछाप,नुवाकोट, धनुषा, डोटी, नवपरासी पूर्व, तनहुँ, नवपरासी पश्चिम, धनकुटा, अछाम, धादिङ, रौतहट, सर्लाही, सिन्धुली, पाँचथर, सोलुखुम्बु र तेह्थुममा श्रावण ३२ गतेसम्म यस प्रकारको आदेश जारी गरिएको छ।
यसैगरी अर्को आदेश नभएसम्म यस प्रकारले आदेश जारी गरिएका जिल्लाहरुमा बाँके, पर्सा, दाङ, बागलुङ, सल्यान, प्युठान, पर्वत, बैतडी, दैलेख, महोत्तरी, रोल्पा, म्याग्दी र मुगु छन।
यस्तै साउन २९ सम्म निषेध आदेश जारी भएका जिल्लामा ओखलढुङ्गा र सिन्धुपाल्चोक छन भने साउन ३० गतेसम्म अर्घाखाँचीमा जारी गरिएको छ। यसैगरी भाद्र १ गतेसम्म निषेध आदेश जारी गरिएका जिल्लामा कालिकोट र ईलाम छन भने भाद्र ३ गतेसम्म कास्की र काभ्रेपलान्चोकमा, भाद्र ९ सम्म संखुवासभा तथा भाद्र १० सम्म बर्दियामा निषेध आदेश जारी गरिएको छ।