विद्यालयको कम्प्युटर चोरी गरेको आरोपमा तीनजना पक्राउ
धनुषामा विद्यालयको कम्प्युटर चोरी गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

गत साउन १८ गते धनुषाको बटेश्वर गाउँपालिका-२ भुचक्रपुरस्थित श्रीजन प्रिय माध्यमिक विद्यालयको ढोका फोडेर २ थान ल्याप्टप र ३२ थान कम्युटर चोरी भएको थियो ।
प्रहरीका अनुसार विद्यालयबाट चोरिएका ३२ थानमध्ये १८ थान कम्प्युटर महतोको घरमा फेला परेको हो । प्रहरीले महतोसहित सोही ठाउँका बुधन महतो र मिथिला नगरपालिका-८ निवासी रामप्रकाश महतोलाई पक्राउ गरेको छ ।
‘कम्प्युटरको सीपीयू र मोनिटर पुरानो कपडामा बाँधेर महतोले घरपछाडिको गोठमा राखेका रहेछन्,’ प्रहरी निरीक्षक तिलक सुनारले भने, ‘विशेष सुराकीको आधारमा हामीले यो कम्प्युटर फेला पारेका हौं ।’
फेला परेको कम्प्युटरसहित पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।