शिक्षक महासंघको धर्ना कार्यक्रममा प्रहरीको हस्तक्षेप


विगत लामो समयदेखि ३४ बुँदे माग राख्दै आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघको धर्ना कार्यक्रममा प्रहरीले हस्तक्षेपत गरेको छ ।



शिक्षक महासंघको धर्ना कार्यक्रममा प्रहरीको हस्तक्षेप, ४० जना पक्राउ

आफ्ना माग पुरा गराउन प्रधानमन्त्री कार्यालय बालुवाटारमा धर्ना दिन जाने क्रममा प्रहरीले ४० जना शिक्षकहरुलाई प्रक्राउ गरेको महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए ।




उनले भने, ‘हामी ४० जना शिकहरुलाई प्रहरीले पक्राउ गरेर महानगरीय प्रहरी वृत्त कमलपोखरीमा ल्याएको छ ।’

आफ्ना मागहरु पुरा गराउन दबाव दिने उद्देश्यका साथ प्रधानमन्त्री निवास दिन जाने क्रममबा बाटोबाट नै प्रहरीले हस्तक्षेप गरेका महासचिव सुवेदीले बताए ।



सम्बन्धित
Loading...