देवचुली ११ को वडा कार्यालय उद्घाटन




कृशला सापकोटा –

देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं ११ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ । वडा भवनको गत बर्ष उद्घाटन गर्ने भनिए तापनि कोरोना भाईरसका कारणले उद्घाटन गर्न नसकेपछि प्रशासनिक सेवा गत भदौ १ गतेदेखि प्रदान गरिदै आएको थियो ।




देवचुली नगरपालिका वडा नं ११ का वडाध्यक्ष रमेश बहादुर ठाडा मगरको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगरप्रमुख पूर्णकुमार श्रेष्ठले वडा कार्यालयको उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै श्रेष्ठले जनप्रतिनिधि भनेका वडाबासीका सुख दुःखका साथी भएकाले आँफूहरु सधैं वडावासीको हकहितका लागि काम गर्ने बताए ।
यस्तै नगर उपप्रमुख पार्वता तिवारीले अब वडा–वडामा वडा कार्यालय हुँदा वडावासीलाई सहज हुने र टाढा जाने बाध्यताको अन्त्य हुने बताईन् । देवचुली नगरपालिका सुन्दर नगरपालिका रहेको बताउँदै यसलाई अझै सुन्दर बनाउन आँफू लगायत सम्पूर्ण जनप्रतिनिधि आ–आफ्नो क्षेत्रबाट लागि परेको तिवारीले बताईन् ।
कार्यक्रममा वडा कार्यालय निर्माणमा योगदान गर्ने दाताहरुलाईसम्मान गरिएको थियो ।

https://www.youtube.com/watch?v=wp94g_fMWV4

 

देवचुलीमा अहिलेसम्म १४ वडा कार्यालय आफ्नै भवनमा स्थानान्तरण भएका छन् । बाँकी कार्यालय पनि यसै बर्ष निर्माण हुने बताइएको छ ।



सम्बन्धित
Loading...