चितवनमा एक लाख १६ हजारले लगाए पूर्ण मात्राको खोप


भरतपुर, २९ साउन । चितवनमा एक लाख १६ हजार भन्दा बढीले पूर्ण मात्राको कोरोना विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार बिहिबारसम्म एक लाख १६ हजार ८२४ जनाले पूर्ण मात्राको कोरोना विरुद्धको खोप लगाएका छन् ।



२९ हजार २९१ जनाले कोभिसिल्ड, ५० हजार १६ जनाले भेरोसेल र ३७ हजार ५१७ जनाले जान्सेनको पूर्ण मात्राको खोप लगाएका स्वास्थ्य कार्यालय चितवनकी सूचना अधिकारी गिताञ्जली ढकालले बताइन् ।




खोपको पूर्ण मात्राका लागि कोभिसिल्ड र भेरोसेल दुई मात्रा लगाउनुपर्छ भने जान्सेनको एक मात्रा मात्र लगाए पुग्छ । कोभिसिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन बाँकी रहेकाले आज (शुक्रबार) लगाउँदै छन् ।

ढकालका अनुसार एक लाख २० हजार दुई जनाले कोरोना विरुद्धको पहिलो मात्रा लगाएका छन् । ३९ हजार ९२१ जनाले कोभिसिल्ड र ८० हजार ८१ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका हुन् । उनीहरुले दोस्रो मात्रा लगाउन बाँकी छ ।

विंस. २०६८ को जनगणना अनुसार चितवनमा पाँच लाख ७९ हजार रहेको छ । २०७८ मा हुनुपर्ने जनगणना कोरोना महामारीका कारण हुन सकिरहेको छैन ।



सम्बन्धित
Loading...