नवलपुरमा आजः ५५ संक्रमित थपिए, २३ निको


कृशला सापकोटा-
नवलपुरमा आज ५५ जना नयां कोरोना संक्रमित थपिएका छन् ।



स्वास्थ्य कार्यालय नवलपुरका अनुसार गैडाकोटमा ११ जना, देवचुलीमा ४ जना, कावासोतीमा २१ जना, मध्यविन्दुमा ३ जना, विजयी त्रिवेणी १२ जना, हुप्सेकोटमा २ जना लगायत गरी ५५ नयाँ संक्रमित थपिएका हुन् ।

त्यसैगरी आज २३ जना निको भएका छन् । बुधबार साँझ ५ बजे सम्म नवलपुरमा संक्रिय संक्रमितको संख्या ७१० रहेको छ । कोभिड १९ का कारणले नवलपुरमा अहिले सम्म १५० जनाले ज्यान गुमाएका छन् ।

 



सम्बन्धित
Loading...