अखिल नेपाल महिला क्रान्तिकारी संगठन गठन
रामकरण अम्बेडकर –
परासी । पश्चिम नवलपरासी पाल्ही नन्दनमा महिलाहरुको हकहित अधिकारको लागि अखिल नेपाल महिला संघ गांउपालिका स्तरीय अखिल नेपाल महिला क्रान्तीकारी संगठनको गठन गरिएको छ ।
पाना देवी हरिजनको अध्यक्षतामा पाल्ही नन्दनको सभाहलमा भएको भेलाले २१ सदस्य अखिल नेपाल महिला संघ गांउपालिका स्तरीय अखिल क्रान्तिकारी महिला संगठन गठन गरेको हो ।
कार्यक्रममा अखिल नेपाल महिला संघ क्रान्तीकारीको केन्द्रिय सचिव तथा सम्बिधान सभा सदस्य सिता पौडेल, नेकपा माओवादी केन्द्रका प्रदेश सचिवालय सदस्य र पूर्व स्थानीय राज्य मन्त्री घनयाम यादव, संबिधान सभा सदस्य दुलारी हरिजन, अखिल नेपाल महिला संघको जिल्ला सदस्य बविता वि.क. लगायतले शुभकामना दिएका थिए ।
भेलाले अनामिका हरिजनको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेको छ । जसको उपाध्यक्षमा पानादेवी हरिजन, सचिवमा निरमा शर्मा, कोक्षाध्यक्षमा करिश्मा पटेल, सहसचिवमा शान्ति गिरी लगायत रहेका छन् ।
कार्यक्रममा पाल्ही नन्दनका अध्यक्ष बैजु प्रसाद गुप्ता दिपक, नेपाल कम्यनिष्ट पार्टी माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य एवम वडा नं ३ का वडा अध्यक्ष गोधनप्रसाद हरिजन, नेपाल कम्यनिष्ट पार्टी माओबादीका केन्द्रका गांउपालिका अध्यक्ष ध्रुबनारायन बानिया, माओवादी पार्टीका गांउपालिका सचिव सुरेश गुप्ता लगायतको सहभागिता रहेको थियो ।
