कावासोतीमा आज १२ जना नयां संक्रमित थपिए


नवलपुरको कावासोतीमा आज १२ जना नयां संक्रमित थपिएका छन् ।




कावासोती नगरपालिकाको स्वास्थ्य कार्यालयका अनुसार कावासोतीमा शनीबारसमम १८८९ जना कोरोना संक्रमित रहेकोमा आज १२ जना थपिएसंगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या १९०१ पुगेको छ । कावासोतीमा कोभिडका काराण ४८ जनाले ज्यान गुमाईसकेका छन् त्यसैगरी कावासोतीमा आज २९ जनाले कोरोना जितेका छन् भने हाल सम्म १५७९ जनाले कोरोना जितिसकेका छन् ।

कावासोतीमा अहिले सक्रिय संक्रमितको संख्या २७४ रहेको छ । सक्रिय संक्रमित मध्ये मध्यविन्दु निल्ला अस्पतालमा ७ जना, भरतपुर अस्पतालमा ४ जना र अन्य अस्पतालमा ३ जनाको उपचार भैरहेको छ ।




अस्पतालमा १४ जना उपचारत मध्ये ८ जनाको अवस्था सामान्य छ । यसैगरी ६ जनाको अवस्था जटिल रहेको र उनीहरुको भेन्टिलेटरमा उपचार भैरहेको कावासोती नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।



सम्बन्धित
Loading...