कावासोती ८ का महिलाहरुको लागि १ दिने स्वरोजगार तालिम




कावासोती । सिपमुलक तालिमले महिलाहरुलाई आत्मनिर्भर बन्ने बाटो खुलेको एक दिने स्वरोजगार तालिममा सहभागी महिलाहरुले बताएका छन ।

तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उपयोग गरी आर्थिक आयआर्जन गर्ने बताउँदै महिलाहरुले आगामी दिनहरुमा समेत यस्ता उपयोगी तालिमहरु सञ्चलन गरीदन समेत माग गरेका छन् ।




कावासोती नगरपालिका वडा नम्बर ८ को सहयोग तथा नागरिक स्वरोजगार केन्द्र प्रा.लि. बुटवलको आयोजनामा सञ्चालित एक दिने अगरबत्ति तालिम तथा स्वारोजगार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी महिलाहरुले यस्तो बताएका हुन ।

वडा नम्बर ८ स्थित मनकामना टोल सुधार समीतिका अध्यक्ष मनबहादुर गुरुङको सभापतित्वमा भएको कार्यक्रममा २६ जना सहभागी महिलाहरु मध्ये १४ जनाको समूह निर्माण गरी अगरबत्ति बनाउने कार्य अगाडि बढाउने निर्णय गरिएको छ ।

त्यसैगरी बुद्ध टोलका अध्यक्ष बुद्धिबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा २५ जना महिलाहरुको सहभागिता रहेको थियो । वडा नम्बर ८ को १२ स्थानमा सञ्चालित एक दिने स्वरोजगार तालिममा टोल सुधार समितिको समन्वय रहेको थियो ।



सम्बन्धित
Loading...