देवचुली ११ मा साढे २ लाख राजश्व संकलन

पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं ११ ले पछिल्लो १ महिनामा २ लाख ५८ हजार ९ सय ६७ रुपैयां राजश्व संकलन गरेको छ ।
देवचुली नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रमेश बहादुर ठाडाका अनुसार २०७८ सालको साउन महिनामा मात्रै २ लाख ५८ हजार ९ सय ६७ रुपैयां राजश्व संकलन भएको हो ।
घरबाटो सिफारिस, चारकिल्ला सिफारिस, नागरिकता सिफारिस, नाता प्रमाणित अगायतका शिर्षकबाट २ लाख ५८ हजार ९ सय ६७ रुपैयां राजश्व संकलन गरेको अध्यक्ष ठाडाले बताए ।
https://www.youtube.com/watch?v=TUobLOIHRvM