जनकल्याण माध्यमिक विद्यालय परिसरमा वृक्षरोपण
नवलपुर,
रोट्रयाक्ट क्लब अफ नवलपुर सिटी र रोट्यरी क्लब अफ नवलपुर कावासोतीद्वारा बुधबार कावासोती ८ को जनकल्याण माध्यमिक विद्यालय परिसरमा वृक्षरोपण गरिएको छ ।

नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीले कार्याक्रमको उद्धाटन गरेका थिए । रोट्रयाक्ट क्लब अफ नवलपुर सिटी , रोट्यरी क्लब अफ नवलपुर कावासोती र विद्यालयका कर्मचारीहरुले आंप, लिच्ची, कागती लगायतको विभिन्न जातका ८० वटा बिरुवा रोपेको रोट्रयाक्ट क्लब अफ नवलपुरका सचिव बुलेट सिग्देलले जानकारी दिए ।

रोट्यरी क्लब अफ नवलपुर कावासोतीका अध्यक्ष दिपकराज लम्साल, उपाध्याक्ष अर्जुन साप्कोटा र रोट्रयाक्ट क्लब अफ नवलपुरको अध्यक्ष अनिल सुवेदी, सचिव बुलेट सिग्देल, सदस्य रोशनी बानियां, सदस्य सुस्मीता रिजाल , सदस्य सुस्मिता ढकाल को उपस्थिति रहेको थियो ।
