देवचुलीको न्यायिक समितिमा साँधसिमानाको मुद्दा बढी



कृशला सापकोटा –



पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको न्यायिक समितिमा साँधसिमानाको मुद्दा बढी आएका छन् ।

देवचुली नगरपालिकाको न्यायिक समितिका संयोजकका पार्वता तिवारीका अनुसार २०७७/७८ मा ६५ वटा मुद्दा मध्ये ४३ वटा साँध सिमानाका मुद्दा रहेका छन् ।




त्यसैगरी लेनदेनको विवाद ६ वटा, जग्गा रोक्का ६ वटा, पालन पोषण २ वटा, घर भाडा विवाद २ वडा र पारिश्रमिक विवाद १ वटा मुद्दा परेको तिवारीले बताईन् ।

गत वर्ष परेको ६५ वटा मुद्दा मध्ये ४५ वटा सहमति भएको छ भने १८ वटा मुद्दा प्रकृया रहेको र २ वटा मुद्दा अदालत पठाएको तिवारीले बताईन् ।

नगरपालिका तथा गाँउपालिकामा संविधानको धारा २१७ बमोजिम एक न्यायिक समिति हुनुपर्ने प्रवाधान अनुसार हरेक स्थानीय तहमा न्यायिक समिति रहेको छ ।



सम्बन्धित
Loading...