मालपोत कार्यालयको अटेरीले न्यालयको न्याय सम्पादन ढिलो

रामकरण अम्बेडकर –
पश्चिम नवलपरासी जिल्ला अदालतले जग्गा दर्ता श्रेष्ता प्रमाणित प्रतिलिपि नवलपरासी मालपोत कार्यालय संग माग गरेको पछि अटेरी गरेकोले न्यायमा सम्पादन गर्ने काम ढिलो भएको छ ।
नवलपरासी जिल्ला अदालतमा बादी चन्दाकली केवट प्रतिबादी हिरालाल केवट समेत अंश मुद्दा चलेको छ उक्त अंश मुद्दामा यस नवलपरासी जिल्ला अदालतको आदेश अनुसार प्रतिबादी हिरालाल केवट र शुभद्रा देवी केवटको नाम्मा रहेको जग्गाको दर्ता श्रेष्ताको प्रमाणित प्रतिलीपी पठाई दिने सम्बन्धमा मिती २०७८/१२/१३ च नं ४७७१ तथा मिती २०७८/०३/२७ च न ६३६५ बाट नवलपरासी मालपोत कार्यालय लाई ताकेता पत्र पठाएको छ।
यस सम्मानित जिल्ला अदालतको आदेशा अनुसार केहि दिन भित्रमा नै मालपोत कार्यालयले प्रमाणहरु पठाई न्याय सम्पानमा सम्मानितअदालत लाई सहयोग गर्नु पर्नेमा हाल सम्म मालपोत कार्यालयले प्रमाणहरु नपठाए पछि नवलपरासी जिल्ला अदालत लाई न्याय सम्पादन गर्नमा लागि ढिलो भएको छ ।
मिती २०७८/३/२७ च न ६३६५ बाट दर्ता श्रेष्ता माग गरिएकोमा हाल सम्म सो को जवाफ नआएकोले अदालत लाई न्याय सम्पादन गर्नमा ढिलो भए पछि मिति २०७८/५/२ गते अदालतको आदेश अनुशार तपशिल बमोजिमका जग्गाहरुको दर्ता श्रेष्ताको प्रमाणित प्रतिलिपि यथाशिघ्र पठाई दिनुहुन अनुरोध गर्दै नवलपरासी जिल्ला अदालतले दोश्रो पटक ताकेता पत्र पठाएको छ ।
अहिले सम्म मालपोत कार्यालयले दर्ता श्रेस्ताको प्रतिलिपि नपठाएको कारण मुद्दाको काम ढिला भएको छ यस अदालतले प्रतिबादीको नाम्मा रहेको दर्ता श्रेष्ताको प्रमाणित प्रतिलिपी हाल सम्म मालपोत कार्यालय नवलपरासीले नपठाए पछि जिल्ला अदालत समय खेर हुदै न्याय सम्पान गर्नमा निकै ढिलो भईरहेको चन्दाकली केवटले बताईन ।
मालपोत कार्यालयको लापरवाहीका कारण मलाई र अदालतको न्याय सम्पादन गर्नमा ढिलो भएको छ यस्तै लापरवाहीका साथ काम गर्यो भने अझै धेरै वर्ष लाग्छ मुद्दा फैसला हुन । यस्तै पहिला पनि लेखन्दास लाई पैसा दिई फारम भराई दर्ता श्रेष्ताको प्रमाणित प्रतिलिपि पाउनको लागि मालपोत कार्यालयमा धाउदा धाउदै अहिले सम्म मालपोत कार्यालयबाट दर्ता श्रेस्ताको प्रतिलिपि पाएन। मालपोत कार्यालयबाट दर्ता श्रेष्ताको प्रमाणित प्रतिलिपी समयमा नपाएकै कारण मेरो मुद्दाको काम ढिलो भएको चन्दाकली केवटले गुलासो गरेकि छिन ।
बादी केवटका अनुसार सम्मानित जिल्ला अदालतको आदेश लाई नटेरी मालपोत कार्यालयलेआफनै तरिकाले काम गरेको छ भने हामी सिधा साधा सर्व साधारणको काम लाई यस्तै जानी जानी नटेरी विभिन्न बहाना बनाई जनताहरु लाई दुख दिने नियतले काम गर्नमा समय लगाउछन ।