कक्षा १० को परीक्षा लिन छापिएका करोडौं प्रश्नपत्र प्रयोगविहीन
कक्षा १० का विद्यार्थीको परीक्षा लिन छापिएका करोडौं प्रश्नपत्र अलपत्र परेको छ ।

कक्षा १० को नियमित पुरक तर्फको परीक्षाका लागि छापिएको २ करोड २० लाख ५७ हजारको प्रश्नपत्र प्रयोगविहीन परेको हो ।
जनक शिक्षा सामग्री केन्द्रले प्रतिगोटा ३ रुपैयाँ ८५ पैसामा ५० लाख ७० हजार वटा प्रश्नपत्र छपाइपछि प्याकिङ सहितको २ करोड २० लाख रुपैयाँ सामग्री केन्द्रलाई भुक्तानी भइसकेको छ ।
प्रश्नपत्र छापेर प्याकिङ सहितको रकम भुक्तानी भइसकेपछि सरकारले कोरोना महामारीलाई देखाउँदै कक्षा १० को परीक्षा रद्द गरेको थियो ।
अघिल्लो सरकारले विद्यालयको मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय गरेपछि करोडौं रुपैयाँको प्रश्नपत्र अलपत्र परेको हो ।