नवलपुरमा जुवा खेल्ने ८ जना पक्राउ


नवलपुर । पूर्वी नवलपरासीमा प्रहरीले जुवाको खालबाट ८ जनालाई पक्राउ गरेको छ ।



जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक मधुसुधन सिंहका अनुसार मध्यविन्दु नगरपालिका ६ टाँडीमा जुवा तास खेलिरहेको अवस्थामा ३६ हजार ६ सय ८० नेपाली रुपैयाँ र ५ सय ६० भारतीय रुपैयाँ सहित ८ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट ४ बुक तास समेत बरामद गरकेो छ ।




पक्राउ पर्नेमा नवलपुरको मध्यविन्दु ६ निवासी ६० बर्षीय शत्रुघन थापा, ५१ बर्षीय गंगाराम थारु, ५६ बर्षीया मिनाकुमारी रावल थापा, मध्यविन्दु ५ निवासी ६० बर्षीय रेवती रमन घिमिरे, २८ बर्षीय लालबहादुर नेपाली, मध्यविन्दु ७ निवासी ४४ बर्षीय दोरणलाल श्रेष्ठ, ४० बर्षीय सुरेश बोहरा र मध्यविन्दु ८ निवासी ४९ बर्षीय अशोक गुरुङ रहेका छन् ।

उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

https://www.youtube.com/watch?v=TUobLOIHRvM&t=15s



सम्बन्धित
Loading...