बालिकालाई जबरजस्ती गर्ने २ जना पक्राउ


सुर्खेतमा बालिकालाई करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन।



१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हुम्ला सर्केघाट गाउँपालिका १९ वर्षीय प्रकाश जैशी र सोही ठाउँ बस्ने २० वर्षीय रामकृष्ण जैशीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले ती बालिकालाई ललाई फकाई वीरेन्द्रनगर नगरपालिका नेवारेस्थित खुल्ला चौरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट सहकारीचोकबाट र नगर प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी रुपन्देहीमा वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन।बर्दिया राजापुर नगरपालिका टपरा घर भएका ३३ वर्षीय निर्मल चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।




यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

https://www.youtube.com/watch?v=Fj4aHpWnuoc



सम्बन्धित
Loading...