नवलपुरका ३ जना संक्रमितको निधन


 



नवलपुर । पूर्वी नवलपरासीमा थप ३ जना संक्रमितको निधन भएको छ ।

नवलपुर प्रहरीका अनुसार कावासोती १६ डण्डा निवासी ४८ बर्षीय पुरुष, गैडाकोट – १५ निवासी ८१ बर्षीय पुरुष र हुप्सेकोट गाउँपालिका १ निवासी ३५ बर्षीय पुरुषको निधन भएको हो ।




मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचाररत कावासोती १६ बस्ने ४८ बर्षीय पुरुषको थप उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा उनको गएराति निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

साउन ३१ गते पोजटिभ देखिएको उनको मध्यविन्दुबाट भदौ ६ गते भरतपुर अस्पतालमा उपचारका लागि लगिएको थियो । उनको कोभिड आईसियुमा उपचार भईरहेको अवस्थामा निधन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

त्यसैगरी गैडाकोट १५ का ८१ बर्षीय पुरुषको मंगलबार विहान भरतपुर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

साउन २५ गते मध्यबिन्दु जिल्ला अस्पताल, डण्डामा कोरोना परिक्षणको लागि स्वाब दिएकोमा सोही दिन रिपोर्ट पोजेटीभ उनको भदौ १ गतेदेखि भरतपुर अस्पतालमा उपचार भईरहेको थियो । उनको मंगलबार विहान उपचारको क्रममा निधन भएको नवलपुर प्रहरीले जनाएको छ ।

त्यसैगरी हुप्सेकोट १ जुगेपानी बस्ने बर्ष ३५ का पुरुषको पनि कोभिड १९ का कारण निधन भएको छ । उनलाई निमोनिया सम्बन्धी बिरामी भई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर, चितवन लगेकोमा साउन ३० गते कोरोना पोजेटिभ देखिएको थियो । उनलाई सोही दिन उपचारको लागि मेडिसिटी अस्पताल, काठमाण्डौ लगिएको थियो ।

उनको उपचारकै क्रममा मेडिसिटी अस्पताल काठमाडौंमा मंगलबार विहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

नवलपुरमा यो सहित कोभिड १९ का कारण ज्यान गुमाउनेको संख्याका १६४ पुगेको छ ।

https://www.youtube.com/watch?v=TUobLOIHRvM



सम्बन्धित
Loading...