अबको चरणमा प्रादेशिक स्वरुपलाई पूर्णता दिन्छौ: मुख्यमन्त्री के.सी.
गोपी ज्ञवाली –
नवलपरासी ९ भदौ । लुम्विनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले अबको चरणमा प्रदेशमा निर्माण हुन बाँकी रहेका प्रादेशिक संरचनाहरुलाई बनाई संघियताको पूर्ण प्रत्याभुति हुने गरी प्रदेश सरकारले काम गर्ने बताएका छन् ।
नवलपरासी पाल्हीनन्दन गाउँपालिकाको वाईसीएल भेलालाई सम्बोधन गर्दै उनले ‘पछिल्लो सरकारले संघियता पूर्ण रुपमा कार्यान्वयनका क्षेत्रमा केही काम गरेको भए पनि अहिले पनि संघियता लागु गर्ने गरि प्रदेशका विभिन्न संरचनाहरु अझै पनि निर्माण गर्ने बाँकी रहेकाले यो सरकारले संघियताका अधुरा काम गर्ने योजना रहेको बताए ।
प्रतिगमनकारी केन्द्र सरकारको बाटोमा प्रदेश सरकार चल्न थाले पछि प्रदेशको सरकारको नेतृत्व परिवर्तन गर्न परेको बताउदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले अहिलेको प्रदेश सरकार कसैले बार्तलीबाट गरेको हाँक अनुसार नचल्ने र आफ्नै स्वविवेकले चल्ने दावी गरे ।
वाईसीए नेपालको भेलालाई सम्बोधन गर्नु पुर्व प्रेस संगठन नेपाल पश्चिम नवलपरासीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री केसीले नेकपा एमालले अहिलेको सरकार गैरकानुनी भएको भन्दै गरेको टिप्पणी तर्फ संकेत गर्दै जसले असंबैधानिक, अलोकतान्त्रिक ढंगले सरकार संचालन गरे उनीहरुलेनै कानुन सिकाउनु हांस्यास्पद भएको टिप्पणी गरे ।
मन्त्री केसीले एमाले आफैले साढे ३ बर्ष सरकारको नेतृत्व गर्दा संघियता कार्यान्वयन तर्फ ध्यान नदिएर प्रतिगमन तर्फ केन्द्रित भएको भन्दै अहिलेको सरकार पुर्ण रुपमा संविधानको मर्म अनुसार काम गर्ने बताए ।
प्रदेश सरकारको पहिलो प्राथमिकतामा कोरोना विरुद्धको खोप नागरिकलाई उपलब्ध गराउने र संभावित तेस्रो भेरियन्टलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रमा आवश्यक सुधार सहितको काम गर्ने तयारीमा लुम्बिनी प्रदेश सरकार लागेको जानकारी दिए ।
उनले अघिल्लो सरकारले अध्यायदेश मार्फत ल्याएको बजेट फिर्ता गरी नयाँ बजेट ल्याईने बताउँदै सरकारलाई पूर्णता दिने कामहरु आउने एक हप्ता भित्र सकिने गरि काम भई रहेको बताए ।
मुख्यमन्त्रीसंगै प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री सहसराम यादव, विनाविभागीय मन्त्री अजय शाहीको समेत उपस्थिति रहेको थियो ।
https://www.youtube.com/watch?v=Fj4aHpWnuoc
