कावासोतीमा थप २ जना संक्रमितको निधन, सक्रिय संक्रमित १३४




कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा बुधबार थप दुई जना संक्रमितको निधन भएको छ ।

कावासोती नगरपालिका स्वास्थ्य शाखाका अनुसार कावासोती १६ निवासी ४८ बर्षीय पुरुष र कावासोती ३ निवासी ५६ बर्षीया महिलाको भरतपुर अस्पतालमा निधन भएको हो ।




यो सहित कावासोतीमा कोभिड १९ का कारण ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ ।

त्यसैगरी कावासोतीमा बुधबार ७ जना नयाँ संक्रमित थपिएका छन् भने २१ जना निको भएको छ । कावासोतीमा अहिले सक्रिय संक्रमितको संख्या १ सय ३४ रहेको स्वास्थ्य शाखा कावासोतीले जनाएको छ ।

 

 



सम्बन्धित
Loading...