नवलपुरको हुप्सेकोटमा पहिरोले एक घर पुर्दा ३ जना वेपत्ता


नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट ४ मा हस्तबहादुर पुलामीको घर पहिरोले पुर्दा ३ जना वेपत्ता भएका छन् ।



जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार ५० बर्षीय हस्तबहादुर पुलामीलाई पनि घाइते अवस्थामा उद्दार गरिएको छ ।

एकै घरका अन्य ३ जना महिला वेपत्ता रहेका छन् । घाइते पुलामीलाई हुप्सेकोट मावि रुम्सेमा राखिएको छ । उनका श्रीमती सहित ३ जना वेपत्ता भएका हुन् । स्थानीयका अनुसार धनमाया पुलामी, भुमीसरा पुलामी र देउमाया पुलामी गरी ३ जना पहिरोमा वेपत्ता भएका छन् ।




घटना स्थलमा प्रहरी पुगेका र उद्दार कार्य जारी रहेको मल्लले बताए ।

 

https://www.youtube.com/watch?v=qWBGcHjfiSQ


सम्बन्धित
Loading...