पूर्वपश्चिम राजमार्गको नवलपुरको गैडाकोट र दाउन्नेमा सडक अवरुद्ध
नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट र दाउन्नेमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
लगातारको बर्षातका गैडाकोट ९ तेइस स्मृति पुल, गैडाकोट ९ थुम्सी स्थित डाइभर्सन, गैडाकोट १० मा रहेको सशस्त्र वेश क्याम्प नजिकै रहेको डाइभर्सन र गैडाकोट ११ भेडाबारीमा रहेको डाइभर्सन बगाएको छ ।
जसले गर्दा पूर्वपश्चिम राजमार्ग गैडाकोटका ४ स्थानमा दुवैतर्फी सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।
त्यसैगरी बिनयी त्रिबेणी गाउँपालिका २ दाउन्ने स्थित पूर्व पश्चिम राजमार्गमा माथिबाट पहिरो आई पूर्व पश्चिम राजमार्ग दुई तर्फी नै अवरुद्ध भएको छ ।
सडक गएराति देखि नै अवरुद्ध भएको हो । अवरुद्ध सकड खुलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।

