निकास नहुँदा कावासोती जलमग्न (फोटो फिचर)


कावासोती । पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीको मुख्य मुख्य क्षेत्र बर्षातको पानीको निकास नहुँदा जलमग्न भएको छ ।



कावासोती थाना चोकदेखि सभापति चोकसम्म सडकमै पानी बगेको छ भने घरघरमा पानी समेत पसेको छ ।




कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले नगरपालिकाले अब विकासका कामहरु गर्दा निकास विनाको विकास नगर्ने र बर्षातको पानी वा बाढीका पानी निकासका लागि अध्ययन गरेर उचित निकास बनाउने बताए ।

यता पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले कतिपय ठाउँमा कुलो, घोलहरु पुरेर बाटो निर्माण समेत गरेको सुन्नमा आएकाले त्यस्ता चिजलाई बन्द पानीको निकास बनाउन निर्देशन दिने बताए ।



सम्बन्धित
Loading...