७७ वटै जिल्लामा एकसाथ वडा अधिवेशन गर्ने देउवा तयार
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग ७७ वटै जिल्लामा एकसाथ वडा अधिवेशन गर्ने सहमती भएको छ । अधिवेशन गर्नेबारे सहमति भएको बताइएको छ ।
त्यस्तै, आज नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताले जिल्ला सभापतिसँग छलफल गरेका छन्। पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा पार्टी कार्यालय सानेपामा धर्ना र रिले अनसन गरिरहेका जिल्ला सभापतिसँग छलफल गरेका हुन् ।
शुक्रबार साझ देउवालाई भेट्ने निर्णय भएअनुसार भएकाे देउवासँग भेटवार्ताबारे नेताहरुले जिल्ला सभापतिलाई जानकारी गराएका छन् ।
जिल्ला सभापतिको माग सम्बोधनका लागि क्रियाशील सदस्यता विवाद निरुपणमा खटिएका नेताहरु कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक आज सानेपा जाने तयारी भइरहेको छ ।
सानेपामा जिल्ला सभापतिहरूसँग छलफल गरेर धर्ना र अनसन स्थगित गराउने उनीहरुको तयारी रहेकाे छ । छलफलमा नेताहरू रामशरण महत, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडुलगायत छन्। छलफलमा नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह, धादिङ सभापति रमेश धमला, काठमाडौं सभापति सबुज बानियाँलगायत छन्।