सडक अवरुद्ध हुँदा १२ घण्टादेखि शव अलपत्र


लगातारको वर्षातका कारण पहिरो आएर सडक अवरुद्ध हुँदा १२ घण्टादेखि शव अलपत्र परेको छ ।



पहलमानसिंह स्वाँर राजमार्ग स्थित चौरपाटी गाउँपालिका कृष्ण भिर नजिक सडक अवरुद्ध हुँदा बाजुराको आटिचौर गाउँपालिका–७, दानी गाउँका ६७ वर्षका मान सिंह खड्काको शव अलपत्र परेको हो ।




गएराति ९ बजे पुगे पनि पहिरोका कारण बुवाको शव घरमा पुर्‍याउन नसकेको मृत्यका छोरा सुरेन्द्र खड्काले जानकारी दिनुभयो ।

चौरपाटी गाउँपालिकाको स्काभेटर बिग्रेपछी साँफेबगर नगरपालिकाको स्काभेटर पठाउने तयारी रहेको प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले जानकारी दिनुभयो ।



सम्बन्धित
Loading...