पहिरोले वेपत्ता हुप्सेकोटका ३ जनाकै शव भेटियो




नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट ४ मा हस्तबहादुर पुलामीको घर पहिरोले पुर्दा वेपत्ता भएका ३ जना शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार ५० बर्षीय हस्तबहादुर पुलामीका श्रीमती र २ नातिनीको शव शनिबार दिउँसो भेटिएको हो । उनीहरु शुक्रबार घर पहिरोले पुर्दा पहिरोसँगै वेपत्ता भएका थिए ।




प्रहरीका अनुसार हस्तबहादुरकी ४० बर्षीया श्रीमती धनमाया पुलामी, ७ बर्षीया नातिनि भुमीसरा पुलामी र ६ बर्षीया नातिनी देउमाया पुलामी गरी ३ जना शव भेटिएको हो ।



सम्बन्धित
Loading...