क्रान्तिकारी विद्यार्थी कावासाेतीकाे अध्यक्षमा क्षितिज
नेपाल कम्युनिष्ट पार्टी (माअाेवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ( क्रान्तिकारी )ले कावासाेती नगर समितिकाे प्रथम सम्मेलन सम्पन्न गरेकाे छ । सम्मेलनले क्षितिज शर्माकाे अध्यक्षतामा ३५ सदस्सीय समिति निर्माण गरेकाे छ ।

जसकाे सचिवमा कुशल क्षेत्री चयन भएका छन् । अखिल (क्रान्तिकारी) कावासाेती नगर संयाेजक क्षितिज शर्माकाे अध्यक्षता र नेपाल कम्युनिष्ट पार्टी ( माअाेवादी केन्द्र ) का केन्द्रीय सदस्य किशन शर्माकाे प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

कावासाेती खानेपानीकाे सभाहलमा सम्पन भएकाे कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ( माअाेवादी केन्द्र ) का गण्डकी प्रदेश सदस्य तथा विद्यार्थी फ्याक्सन ईञ्चार्ज बालकृण्ण रानाभाट, अखिल क्रान्तिकारी गण्डकी प्रदेश सहसंयाेजक तथा केन्द्रीय सदस्य हरि सिग्देल, अखिल (क्रान्तिकारी) पूर्व केन्द्रीय सचिवालय सदस्य अर्जुन अविरल, अखिल क्रान्तिकारी नवलपुर जिल्ला संयाेजक ईश्वर गैह्रे, अनेमसंघ ( क्रान्तिकारी ) का केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष सरला पाेख्रेल र नेकपा (माअाेवादी केन्द्र) कावासाेती नगर समिति सचिव रमिला भुजेल लगायतले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे ।

नेकपा ( माअाेवादी केन्द्र) ले सबै भातृ संगठनहरूलाई संगठन बिस्तार, भेला तथा सम्मेलनकाे लागि निर्देशन दिए संगै विभिन्न भातृ संगठन र पार्टीकाे वडा कमिटि निर्माणमा लागिरहेकाे छ ।
अखिल क्रान्तिकारी नवलपुरले यही भाद्र १९ गते जिल्ला सम्मेलन गर्दै छ । यसकै पूर्व तयारीमा विभिन्न नगर सम्मेलन गरिरहेकाे छ ।